मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) बलात्कार आरोपमा पक्राउ परेका छन्।
काठमाडौँ जिल्ला अदालतले उनी विरुद्ध पक्राउ अनुमति जारी गरेको थियो। सो अनुमतिका आधारमा पूर्वप्रदेश प्रमुख झालाई पक्राउ गरिएको र ५ दिन म्याद थप गरिएको हो। चैत २५ गते उनी विरुद्ध जिल्ला अदालतबाट पुर्जी जारी भएको थियो। पूर्वप्रदेश प्रमुख झा २०७७ फागुन ७ गते मधेसको प्रदेश प्रमुख नियुक्त भएका थिए। फौजदारी कसुरमा काठमाडौँ जिल्ला अदालतले उनी विरुद्ध पक्राउ अनुमति जारी गरेको थियो।
सो घटना २०८१ जेठ ४ गते भएको थियो। युवतीका अनुसार पूर्वप्रदेश प्रमुख झाले कोठामा कोही नभएको बेलामा पटक पटक बलात्कार गरेका थिए। उक्त घटनापछि पनि कसैलाई बताएपछि मार्ने समेतको धम्की दिएको पीडित युवतीको भनाइ छ। पीडित युवतीले जाहेरी दर्ता गर्न खोजे पनि प्रहरीले लामो समयसम्म आलटाल गर्दै आएका थिए।




















