संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल चीन र भारतको आस्थाको केन्द्र भएको बताएका छन्। 
राजधानीमा सुरु भएको ‘हिमाली बौद्ध धर्म र परम्परा’ विषयक पाँच दिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले नेपाल चीन र भारत दुवै राष्ट्रको आस्थाको केन्द्रको साथै बुद्ध र वेदभूमि पनि भएको बताएका हुन्। 
उनले भने, ‘हाम्रो परिचय बुद्ध हुन्। विश्व शान्तिको बाटोमा जाँदा विश्वले नेपाललाई सम्झिन्छ।’
यस्तै, उनले सरकार संस्कृति र सभ्यताको विकास तथा विस्तारमा प्रतिबद्ध रहेको भन्दै नीतिनियम धर्म र संस्कृति फैलिने खालको बनाइने बताए। सरकारले धर्म र संस्कृतिमाथि असर पार्ने कुनै कार्य नगर्ने पनि उनको भनाई छ। 
उक्त प्रशिक्षण कार्यक्रम पाँच दिनसम्म सञ्चालन हुने जानकारी दिइएको छ। कार्यक्रममा करिब सात सय बौद्ध धर्मगुरुहरूको सहभागिता रहेको बताइएको छ।