इरान र इजरायले शनिवार राति पनि एक अर्का विरुद्ध क्षेप्यास्त्र र ड्रोन वर्षा जारी राखेका छन्।
यसअघि इजरायलले शुक्रवार बिहानै देखि सुरु गरेको सैन्य अपरेसनले दुई मुलुकबीच युद्ध चर्किएको अन्तर्राष्ट्रिय सञ्चार माध्ययमहरुले जनाएका छन्। दुई मुलुक बिच जारी युद्धमापरी अहिलेसम्म ८० जना इरानी नागरिकको मृत्यु भएको छ जसमा २० बालबालिका समेत छन्। उता, इजरायलमा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ। तेलअवीवमा कयौँ घाइते भएका छन् भने दुवै मुलुकबीच आक्रमण र प्रत्याक्रमणको क्रम अहिले पनि जारी रहेको बताइएको छ।
इजरायलले इरानमाथि ३० वर्षयताकै ठुलो आक्रमण गरेको मानिएको छ। अहिलेसम्म ८० जना इरानी नागरिकको मृत्यु भएको छ जसमा २० बालबालिका समेत छन्। उता, इजरायलमा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ। तेलअवीवमा कयौँ घाइते भएका छन्। दुवै मुलुकबीच आक्रमण र प्रत्याक्रमणको क्रम अहिले सम्म जारी छ।
दुई मुलुक चिको भीषण युद्धका कारण इजरायलले स्थानीय समयअनुसार शनिवार साँझ साढे ८ बजेदेखि आइतबार साँझ ८ बजेसम्म जमघट, अत्यावश्यक बाहेकका सेवा र शिक्षण संस्था समेत बन्द गरेको छ।