खोटाङमा कोदालो प्रहार गरी श्रीमानको हत्या गर्ने श्रीमतीलाई प्रहरीले पक्राउ गरेको छ।
वैशाख २७ गते बिहान खोटाङको हलेसी तुवाचुङ नगरपालिका-९ का ५१ वर्षीय पाँच कर्ण राईलाई उनकै श्रीमती ५३ वर्षीया रेनुका राईले सामान्य वादविवादको क्रममा कोदालोको पासोले टाउकोमा प्रहार गरी घाइते बनाएकोमा तत्काल प्रहरी चौकी अर्खौलेबाट खटिएको प्रहरी टोलीले घाइते राईलाई उद्धार गरी थप उपचारको लागी हेलिकप्टरद्वारा काठमाडौँ न्युरो अस्पताल पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको थियो।
घटनामा संलग्न रहेकी श्रीमतीलाई जिल्ला प्रहरी कार्यालय खोटाङले नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान गरिरहेको छ।