झापा र मोरङको विभिन्न स्थानहरूबाट लागूऔषध ब्राउन सुगर सहित ६ जना प्रहरीको नियन्त्रणमा परेका छन्।
वैशाख २७ झापाको गौरीगंज गाउँपालिका-२ स्थितबाट प्रहरी चौकी कोरोबारी झापाको प्रहरी टोलीले बा.२८ प ५३८४ नम्बरको मोटरसाइकल चालक दमक नगरपालिका-३ का २२ वर्षीय दिपेश बानिया र पछाडी सवार गौरादह नगरपालिका-५ का २२ वर्षीय अभिषेक राईलाई ब्राउन सुगर ८ सय ९० मिलिग्राम सहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय गौरीगंजबाट अनुसन्धान सुरु गरेको हो।
यसैगरी, लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरको प्रहरी टोलीले विराटनगर महानगरपालिका-१६ स्थितमा भारतबाट नेपाल तर्फ आउँदै गरेका मोरङको बेलबारी नगरपालिका-३ का २५ वर्षीय मिलन धिमाललाई ब्राउन सुगर २ ग्राम ९८ मिलिग्राम, सुनसरीको इटहरी उप-महानगरपालिका-१६ का ३६ वर्षीय सुजन वि.क.लाई ब्राउन सुगर ७ ग्राम २३ मिलिग्राम तथा इटहरी-२० का ४० वर्षीय राजकुमार बस्नेत र २३ वर्षीय मदन बुढाथोकीलाई ब्राउन सुगर १ ग्राम ४६ मिलिग्राम सहित नियन्त्रणमा लिएको हो।
लागूऔषध ब्राउन सुगरसहित नियन्त्रणमा लिइएका सबै जनाको थप अनुसन्धान भई रहेको छ।