पाँचथरको मिक्लाजुङ गाउँपालिका-६ नावाखोला स्थितमा करेन्ट लगाई माछा मार्ने क्रममा १ जनाको मृत्यु भएको छ।
वैशाख २७ गते मिक्लाजुङ गाउँपालिका-७ का २० वर्षीय इसारा थिगिम नावाखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा जनेरेटरमा अचानक करेन्ट लाग्दा उनको घटनास्थलमा नै मृत्यु भएको थियो।
घटनाको जानकारी पाउन साथ इलाका प्रहरी कार्यालय रवि पाँचथरबाट खटिए प्रहरी टोलीले आवश्यक कानुनी प्रक्रिया तथा घटनाको थप अनुसन्धान गरिरहेको छ।