नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले कर्मचारीको व्यक्तिगत रिसिइबीका आधारमा पार्टीका संरक्षक रेशम चौधरीको गिरफ्तारी भएको बताएकी छिन्।
मङ्गलवार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राज्यका संयन्त्रले कानुनभन्दा माथि रहेर व्यक्तिगत रिसइबीका कारण गैरकानुनी रूपमा रेशमको गिरफ्तारी गरेको भन्दै निष्पक्ष छानबिनका लागि माग गरिन्।
उनले भनिन्,‘वैशाख १७ गते पार्टी एकताको कार्यक्रम सुरु हुनु अघि नै कार्यक्रम स्थलबाट एउटा कर्मचारीको व्यक्तिगत आक्रोशका आधारमा कानुनी प्रक्रिया पूरा नगरी रेशम चौधरीको गैरकानुनी गिरफ्तार भयो। यसले सङ्घीयता, समावेशिता, लोकतन्त्रप्रतिको विश्वासमा चोट पुगेको छ। म प्रश्न गर्न चाहन्छु कसरी एक जना नेता कार्यक्रम स्थलबाट यस्तो तवरले पक्राउ पर्छन्। यसको निष्पक्ष छानबिन हुनुपर्छ।’