रौतहटका दुई आधारभूत विद्यालयले सार्वजनिक बिदाको दिन आज (मङ्गलवार) पढाउने भएका छन्। 
श्री वसन्त पञ्चमी आधारभूत विद्यालय चन्द्रपुर ४ र श्री आधारभूत विद्यालय असनवा चन्द्रपुर २ ले  बिदाको दिन पनि पढाउने भएका हुन्।
मधेस प्रदेश सरकारले जानकी नवमी–सीता जयन्तीका अवसरमा आज मङ्गलवार सार्वजनिक बिदा दिएको हो। तर यी दुई विद्यालयहरूले एक सूचना जारी गरी शिक्षक आन्दोलनका कारण भएको सिकाइ क्षतिलाई पुरा गर्न खोल्ने निणय भएको जानकारी दिएका छन्।
श्री वसन्त पञ्चमी आधारभूत विद्यालय चन्द्रपुरका प्रधानाध्यापक राम प्रमेश पटेलले मधेस प्रदेश सरकारले दिएको सार्वजनिक बिदाको दिन पनि विद्यालय यथावत् सञ्चालन हुने बताए। 
नेपाल शिक्षक महासघको आव्हानमा चैत २० गते देखी वैशाख १७ गते सम्म गरेको २९ दिने शैक्षिक हडताललाई मध्यनजर गर्दै खोल्ने निणय गरिएको उनले बताए। यी दुई विद्यालयले गरेको निणय  प्रति अभिभावक खुसी भएका छन्।