सुनसरीको हरीनगर गाउँपालिका-७ स्थितबाट कटुवा पेस्तोल सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही स्थानका २५ वर्षीय सजाद अन्सारी रहेका छन्।
वैशाख १८ गते अपराह्न वादविवादको क्रममा सजाद अन्सारीले पेस्तोल निकालेको भनी स्थानीयवासीले प्रहरीलाई खबर गर्नासाथ तत्काल प्रहरी चौकी घुस्की र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले अन्सारीलाई कटुवा पेस्तोल सहित पक्राउ गरेको हो।
कटुवा पेस्तोल सहित पक्राउ परेका उनको थप अनुसन्धान भइरहेको छ।