नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कञ्चनपुरको पुनर्वासमा जनयुद्धका सहिद तथा बेपत्ता योद्धाहरूका परिवारलाई सम्मान गरेका छन्।
पुनर्वास नगरपालिकामा आयोजित सहिद तथा बेपत्ता परिवार भेटघाट कार्यक्रममा अध्यक्ष प्रचण्डले जनयुद्धमा ज्यान उत्सर्ग गरेका योद्धाहरूको परिवारलाई सम्मान गरेका हुन्।
उक्त वडाबाट मात्र १५ जना योद्धाहरूले जनयुद्धमा प्राण आहुति दिएका थिए। कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सहिदको योगदानलाई युगौँ सम्म सम्झिने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा नेपाल परिवार दल परित्याग गर्दै विष्णु कुमारी लामिछाने बिकेले माओवादी केन्द्रमा प्रवेश गरेकी छन्। अध्यक्ष प्रचण्डले उनलाई पार्टीमा स्वागत गरेका हुन्।