प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षहरूले विरोध जनाएको छन्।
मङ्गलवार प्रतिनिधिसभाको बैठक सुरु हुने बित्तिकै प्रतिपक्ष दलका सांसदहरूले उठेर विरोध जनाएका हुन्। 
प्रतिपक्ष दलका प्रमुख सचेतक हितराज पाण्डेले आफूहरूले शिक्षा जस्तो अत्यन्तै जरुरी सार्वजनिक महत्वको विषयलाई आजकै कार्यसूचीमा राख्न प्रस्ताव गरेतापनि नराखिएको भन्दै आपत्ति जनाए।
सरकारको तर्फबाट मन्त्रीले समय दिन नसक्दा कार्यसूचीमा राख्न नसकेको जवाफ पाएको भन्दै सरकार जनताप्रति र सदनप्रति कति गैर जिम्मेवार भएको बताए।
उनले भने, शिक्षकहरू लामो समयदेखि सडकमा हुनुहुन्छ। यस्तो शिक्षा जस्तो अत्यन्त जरुरी सार्वजनिक महत्वको विषयलाई आजकै कार्यसूचीमा राख्न हामीले प्रस्ताव गरेको थियौँ। तर सरकारको तर्फबाट मन्त्रीले समय दिन नसक्दा भन्ने जवाफ पायौँ। सरकार जनताप्रति र सदनप्रति कति गैर जिम्मेवार छ।’
त्यस्तै, उनले चिकित्सकहरूको समस्या सरकारले समाधान गरेको छ भन्ने कुरा आएको भन्दै त्यस विषयमा रकारले सदनमा आएर जानकारी गराउन पनि माग गरे।