चिकित्सा शिक्षा आयोगको १९ औँ बैठकले वा सरोकारवालाहरूले बाचा गरिए अनुरूपको निर्वाह भत्ताको व्यवहारिक समय तालिका सार्वजनिक नगरेको हुनाले चिकित्सक सङ्घ अझै आन्दोलनरत नै रहेको जानकारी गराएको छ। 
सोमबार प्रेस विज्ञाप्ती जारी गर्दै निजी मेडिकल कलेजले आवासीय चिकित्सकका लागि निर्णय भएको मितिदेखि नै वृद्धि गरिएको निर्वाह भत्ता दिनुपर्ने भएपनि निर्वाह भत्ताको व्यवहारिक समय तालिका सार्वजनिक नगरेको भन्दै सङ्घ अझै आन्दोलनरत नै रहेको जानकारी गराएका हुन्। 
यस्तै, सङ्घले सम्पूर्ण उपत्यका भित्र रहेका चिकित्सकहरूलाई, बिहान ११ः०० बजे माइतीघर मण्डलामा र उपत्यका बाहिरका चिकित्सकहरूलाई सोही समयमा आफ्नो जिल्ला प्रशासनिक कार्यालय बाहिर धर्ना दिन आग्रह गरेको छ। 
विज्ञप्ती जारी भएको मितिको २४ घण्टा मित्र मागको सटिक सम्बोधन नभएमा, चिकित्सकहरू अझ कडा आन्दोलनको घोषणा गर्न बाध्य हुने पनि सङ्घको भनाई छ। 
Photo 57