शिक्षा आन्दोलनको २७ औँ दिन आज (सोमबार) पनि जारी छ।
आन्दोलनको २६ औँ दिन हिजो आइतबार बानेश्वरमा भएको झडपको घटनापछि पनि आज शिक्षकहरूले आन्दोलनलाई थप चर्काएका छन्। सोमबार विजुलीबजार क्षेत्रमा शान्तिपूर्ण प्रदर्शन गरेका हुन्।
सडकमा उठेका आवाजलाई वार्ताबाट मत्थर पार्नुको सट्टा दमन गर्ने सरकारको नियतले मानवीय र भौतिक क्षति निम्तिएको भन्दै शिक्षकहरूले आन्दोलनका कार्यक्रमहरूलाई थप सशक्त बनाएका हुन्।
आइतबार शिक्षक आन्दोलनमा पनि प्रहरीले लाठी, बुट र पानीको फोहोरा हानेर बल प्रयोग गर्दा ६२ शिक्षक घाइते भएका थिए। झडपको घटनापछि नेपाल शिक्षक महासङ्घले देशभरका शिक्षकहरूले काठमाडौँ केन्द्रित आन्दोलनका लागि आव्हान गरिसकेका छन्।
यता, आँखा, टाउको, खुट्टा, नाक र मुखमा चोट लागेका नौ शिक्षक अस्पतालमा उपचाररत छन्। चार जनाको सिभिल, तीन जनाको ट्रमा सेन्टर र दुई जनाको एभरेस्ट अस्पतालमा उपचार भइरहेको छ। मुठभेडमा पाँच प्रहरी पनि घाइते भएका छन्।