मोरङको सुनवर्षी नगरपालिका-९ स्थितमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ।
वैशाख १४ गते डाइनियाबाट सिक्टी तर्फ जाँदै गरेको BR 39 H 2956 नम्बरको भारतीय मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा सोही स्थानका २० वर्षीय साहबन आलम गम्भीर घाइते भएकोमा मोरङको रंगेली अस्पतालमा उपचारको क्रममा उनलाई चिकित्सकले मृत घोषित गरेका थिए।