महोत्तरीको बर्दिबासमा सोमबारदेखि ‘सङ्घीयतामा पूर्वाधार विकासको महत्त्व, सम्भावना र चुनौती तथा अन्तरप्रदेशीय एकता र भिन्नता’ विषयक दुई दिने कार्यक्रम सुरु भएको छ।
मधेस प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको आयोजनामा आयोजित कार्यक्रममा सात वटै प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्रीहरूले आ–आफ्ना प्रदेशका विकास अभ्यास, सम्भावना र चुनौतीहरू साटासाट गर्दै आपसी सहकार्यका उपायमा छलफल गरिरहेका छन्।
कार्यक्रमको उद्घाटन भौतिक पूर्वाधार विकासमन्त्री देवेन्द्र दाहाल, मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह र मन्त्री सरोजकुमार यादवले संयुक्त रूपमा गरेका थिए।
कार्यक्रममा मन्त्रालयका सचिवहरूले आ–आफ्ना प्रदेशका योजना तथा कार्यक्रमहरूको दस्ताबेज प्रस्तुत गरेका छन्।
मन्त्रीहरूले कार्यक्रमले प्रदेशहरूबीच सहकार्यलाई मजबुत बनाउने र भौतिक पूर्वाधार विकासलाई थप प्रभावकारी बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरेका छन्।