सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस भएको छ। देशभरि भूकम्प स्मृति दिवस मनाइरहँदा जिल्लाको फुल्पिङकोटमा बिहान ११ः५३ बजे भूकम्प गएको हो।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको कम्पन ४.१ म्याग्निच्युट मापन गरिएको छ।

२०७२ साल वैशाख १२ गते विनाशकारी भूकम्पको कारण ठूलो धनजनको क्षति भएको थियो।