मोरङको सुन्दरहरैँचा नगरपालिका –१ स्थित हरैँचा बजारमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।
हरैंचा–विराट चोक सडकखण्डमा टिपरको ठक्करबाट सुनसरी दुहवी –९ का ४० वर्षीय महमद हमिद मियाँको घटनास्थलमै मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए।
विराट चोकबाट दक्षिणतर्फ आउँदै गरेको ना १ क नम्बरको टिपर दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्रदेश १ ०२–०५३ प ७०१० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
टिपर चालकलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।