परराष्ट्र मन्त्री आरजु राणा देउवा संयुक्त राष्ट्र सङ्घीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोगको ८१ औँ सत्रमा सहभागी भई शुक्रवार स्वदेश फर्किएकी छन्।
उनी थाइल्यान्डबाट स्वदेश फिर्ता भएकी हुन्। मन्त्री राणासँगै कांग्रेस सभापति शेरबहादुर देउवा पनि स्वदेश फर्किएका छन्। 
बैंककमा अप्रिल २१ देखि २५ सम्म आयोजना भएको कार्यक्रमका सहभागी भई मन्त्री राणा फर्किएकी हुन्। 
मन्त्री राणाको नेतृत्वमा परराष्ट्र मन्त्रालय, राष्ट्रिय योजना आयोग, तथा बैंककस्थित नेपाली दूतावासका उच्च अधिकारीहरू सम्मिलित नेपाली प्रतिनिधिमण्डल बैठकमा सहभागी थिए।
सभापति देउवा पनि उपचारका लागि थाइल्यान्ड गएका थिए।