काठमाडौंको चन्द्रागिरि नगरपालिका–१५ स्थित ढुंगेअड्डा पिपलबोट अगाडिको मूल सडकमा बसमा अचानक आगलागी भएको छ।

कलंकीदेखि थानकोटतर्फ गइरहेको बागमती प्रदेश ०३–०१–००५ ख ९७८६ नम्बरको सार्वजनिक बसमा आगलागी भएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, एसपी अपिल बोहराका अनुसार बसको फाइबर सर्ट भएर आगो सल्किएको हो। 

नगरपालिकाको दमकल र स्थानीय ट्यांकरको सहायताले प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएको एसपी बोहराले बताए। 

उनका अनुसार बस पूर्ण रूपमा क्षति भएपनि कुनै मानवीय क्षति भने हुन पाएन।