मोडल तथा अभिनेत्री एवम् राप्रपाकी नेतृ खुस्बु ओलीले सरकार विरुद्ध बोलेकै भरमा जेल हाल्नु भनेको दासत्व भएको बताएकी छन्। राज्य विरुद्धको अपराध लगाउने काम स्विकार्न नसकिने उनको जिकिर छ।
आइतबार काठमाडौँमा भएको प्रदर्शनका क्रममा संचारकर्मीहरुसँग कुरा गर्दै लोकतन्त्रमा सरकारले जनताको बोल्ने अधिकारलाई निषेध गरिराखेको भन्दै प्रदर्शन त्यसका विरुद्ध भएको बताइन्।
उनले भनिन्,‘सरकारले जनताको बोल्ने अधिकारलाई निषेध गरिरहेको छ। सोच्ने, लेख्ने, हिडड्ुल गर्न निषेध गरिरहेको छ। त्यो लोकतान्त्रिक अभ्यास होइन भनेर राप्रपाले जनताले आफ्नो अधिकार आफ्नो भूमिमा चाहे अनुसार प्रयोग गर्न पाउनुपर्छ भनेर सडक रोजेको हो। लोकतन्त्रमा बोलेकै भरमा जेल हालेर राज्य विरुद्धको अपराध लाउने भनेको दासत्व मात्र हो। त्यसैले हाम्रा नेताहरूलाई छाड्नुपर्छ।’
उनले देशमा गणतन्त्र नभई दलतन्त्र हाबी भएको भन्दै तीन शीर्ष नेताहरू देश विकासका लागि एकसाथ नहुने बताइन्।
‘यो लडाई राप्रपाको मात्र होइन। जनताको समस्या समाधानको लागि हो। केपी ओली, पुष्पकमल दाहाल प्रचण्ड र शेर बहादुर देउवाले भने अनुसार मात्र हुन्छ । त्यसैले यहाँ गणतन्त्र नभई दलतन्त्र हाबी भएको छ।’
उनले दलालतन्त्र र दलतन्त्रको विरुद्धमा आवाज उठाउँदा तीन दलका नेता एक ठाउँमा आएको र कुलमान घिसिङ हटाउँदा र काण्डमा भाग भण्डा मिलाउन मात्र एकसाथ हुने गरेको बताइन्।