राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र दुई जना सांसदलाई सिंहदरबारभित्रबाट प्रहरीले नियन्त्रणमा लिएको छ।
आइतबार अध्यक्ष लिङदेनसहितका सांसदहरूले सिंहदरबारभित्रै विरोध जनाएका थिए। सोही क्रममा अध्यक्ष लिङदेनसँगै सांसदहरु बुद्धिमान तामाङ र ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
अध्यक्षसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको लिङ्देनका स्वकीय सचिव चन्द्र कठायतले पुष्टि गरे। वर्तमान व्यवस्थाविरुद्ध बिजुलीबजार पुलमा प्रदर्शन गरिरहेका नेताहरु सिंहदरबार छिरेका थिए।
साथै तीनकुने घटनामा न्यायिक छानबिन आयोग बनाउनुपर्ने, पक्राउ परेका नेताहरूलाई छाड्नुपर्नेलगायत उनीहरूको माग छ।