चर्चित ब्राजिलिय फुटबल स्टार खेलाडी रोबर्टो कार्लोस ठमेल स्थित एलओडी क्लबमा आउने भएका छन्। 
कार्लोस मङ्गलवार वैशाख ९ गते आउने क्लबका निर्देशक भुपेन कुँवरले जानकारी दिए।
उनी दशरथ रङ्गशालामा भइरहेको नेपाल सुपर लिगको लागि आउने र मङ्गलवार भने क्लबमा सहभागी हुने निर्देशक कुँवरले जानकारी दिए। 
उनले भने,‘शुक्रवार आउने पूर्व जानकारी थियो तर उहाँको स्वास्थ्य अनुकूल रहेकोले ३ दिन ढिला गरी मङ्गलवार आउन लागेको हो। उनको नेपाल भ्रमण ले सम्पूर्ण फुटबल प्रेमी दर्शकहरुमा उल्लास छाउने छ।’ 
कार्लोसको एलओडीमा विशेष उपस्थिति हुने जानकारी नेपाल सुपर लिगका आयोजकले जानकारी दिएको छ।