विश्व प्रसिद्ध कथा वाचिका देवी प्रतिभा नेपाल आएकी छिन्। उनी गण्डकी शत कुण्डीय गायत्री कोटिहोमका लागि पोखरा पुगेकी छिन्।
विश्व प्रसिद्ध कथा वाचिका देवी प्रतिभाले आज पोखरा महानगरपालिका १७ मा जारी ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोममा समुद्घाटन गर्ने आयोजक मानव सेवा फाउन्डेसनका संस्थापक विजय कृष्ण मूर्तिले जानकारी दिए। देवी प्रतिभाको टिममा २५ जना सदस्य रहेका छन्।
उनको टिममा पहिला जस्तै सुरक्षा गार्ड र आफ्नै बाद्ययबादनको समूह समेत रहेको बताइएको छ। उनले पोखरा महानगरपालिका १७ मा जारी ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोममा १४ दिनसम्म कथा वाचन गर्नेछिन्। त्यस्तै, शीतकृष्ण महाराज जी पनि यति बेला पोखरामा छन्। हिजो पोखरा पुगेका उनले आज हुने विश्व प्रसिद्ध कथा वाचिका देवी प्रतिभाको कथा वाचन समुद्घाटन कायृक्रमभमा पनि प्रवचन दिने कार्यक्रम रहेको बताइएको छ।