सुनको मूल्यमा सामान्य गिरावट आएको छ। बिहीबार हालसम्मकै उच्च मूल्यमा पुगेर प्रतितोला रु एक लाख ९० हजार छ सयमा कारोबार भएको सुन आज तोलामा रु आठ सय घटेको हो।
आज सुन प्रतितोला रु एक लाख ८९ हजार छ सयमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
यस्तै, आज चाँदी भने स्थिर रहेको छ। बिहीबार एक हजार नौ सय ६० रुपैयाँमा किनबेच भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।