इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबाद भिड्दै छन्।
मुम्बईको वान्खडे स्टेडियममा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे सुरू हुनेछ। 
जारी प्रतियोगितामा अहिलेसम्म ६ खेल खेलेको मुम्बई २ मा जीत र ४ मा हारसहित ४ अङ्कका साथ सातौँ स्थानमा छ।
समान खेलमा समान अङ्क रहेको हैदराबाद रनरेटका आधारमा तालिकाको नवौँ स्थानमा छ।