नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य एकैदिन ३ हजार ६०० रुपैयाँले वृद्धि भएर तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ तोकिएको छ ।
बुधवार छापावाल सुनको मूल्य तोलाको १ लाख ८७ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, बिहीबार चाँदीको मूल्यमा पनि ५ रुपैयाँले वृद्धि भएको छ। बिहीबार चाँदी तोलामा १९६० रुपैयाँ तोकिएको छ।