मोरङ । उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले अर्थतन्त्र चलायमान बनाउनका लागि पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताएका छन्।
बुधवार उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री सिंहले लोहन्द्रा पुल उद्घाटन गर्दै यस्तो बताएका हुन्।
उनले जहदा र कटहरी जोड्ने पुलको आजै उद्घाटन गरेका छन्। सो स्थानमा पक्की पुल बनेपछि स्थानीयहरूलाई आवतजावतमा सहजता थपिएको छ।
‘मोरङको जहदा गाउँपालिका र कटहरी गाउँपालिका जोड्ने लोहन्द्रा पुलको आज उद्घाटन भयो। यो पक्की पुलको निर्माणसँगै यहाँका नागरिकहरूको दैनिकीमा सहजता थपिने र यहाँको आर्थिक गतिविधि बढ्ने विश्वास लिएको छु,’ पुल उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले भने।
उनले आफूहरू राजनीतिमा जनतालाई अधिकार दिलाउँदै त्यसको संरक्षण गर्न र त्यसैका आधारमा विकास निर्माणमार्फत नागरिकको जीवन र जीविकोपार्जन सहज बनाउन अघि बढिरहेको पनि बताए।