सङ्घीय संसदमा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक पारित गर्न आगामी वैशाख १२ गते (शुक्रवार) दिउँसो १ बजेको लागि सङ्घीय संसद् बैठकको आह्वान गरिने भएको छ। 
मङ्गलवार मन्त्रिपरिषद्को बैठक बस्दै सो विधेयक पारित गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने शिक्षामन्त्री विद्या भट्टराईले जानकारी दिएकी छन्। 
नेपाल शिक्षक महासङ्घले उठाएका मागहरूको यथोचित सम्बोधन गर्ने सम्बन्धमा संवाद निरन्तर रहेको र अझै संवाद गर्न सरकार संवेदनशील र गम्भीर रहेको मन्त्री भट्टराईले जानकारी दिइन्। 
मन्त्रिपरिषद्को बैठकले शिक्षकहरूलाई विरोध र प्रदर्शनका कार्यक्रम स्थगन गरी आआफ्नो कार्य थलोमा फर्किन अनुरोध समेत गरेको छ।