नेपाली बजारमा सुनको मूल्य पुनः बढेको छ। आज एकै पटक २७ सयले बढेर अहिलेसम्मकै उच्च मूल्य कायम हुन पुगेको हो। 
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको एक लाख ८७ हजार रुपैयाँमा कारोबार भइरहेको छ। 
मङ्गलवार सुन तोलामा एक लाख ८४ हजार ३ सयमा कारोबार भएको थियो। 
त्यस्तै, चाँदी आज १० रुपैयाँले वृद्धि भई १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।