सुनसरी र उदयपुरको २ स्थानहरूबाट चैत्र २७ गते लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
सुनसरीको कोशी गाउँपालिका-१ स्थितमा भारतबाट नेपाल तर्फ पैदल आइरहेका सुनसरीको धरान उप९महानगरपालिका-५ का २७ वर्षीय बुस्टन लिम्बु र धरान-११ की २५ बर्सिया संगिता तामाङलाई ब्राउनसुगर ७ ग्राम ८ सय मिलिग्राम सहित नियन्त्रणमा लिएर सुनसरीको इलाका प्रहरी कार्यालय लौकहीबाट थप अनुसन्धान गरिरहेको छ।
यसैगरी, उदयपुरको बेलका नगरपालिका-९ भचुवा स्थितका २१ वर्षीय दिवस बि।क।लाई इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला उदयपुरबाट खटिएको प्रहरी टोलीले १०० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो। लागुऔषध सहित पक्राउ परेका तीन जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ।