भक्तपुरको सल्लाघारीमा बिच सडकमा गाडी पल्टिदा दुई जना घाइते भएका छन्। 
बिहीबार बा३ ख२४४६ नम्बरको मध्य उपत्यका बस सेवा समितिको गाडी बिच सडकमा नै पल्टिदा दुई जना सामान्य घाइते भएको जिल्ला प्रहरी परिसरका डिएसपी ढण्डीराज न्यौपानेले जानकारी दिए। 
तीव्र गतिमा गाडी चलाएको कारण पल्टिएको उनले जानकारी दिए। 
उनले भने,‘ तीव्र गतिमा गाडी चलाएको कारण पल्टिएको हो। दुई जना सामान्य घाइते हुनुभएको छ।’ 
गाडीमा ९ जना यात्रु रहेका थिए।