कोशी प्रदेश पर्यटन वर्ष २०८२ को शुभारम्भ गरिएको छ। 

उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आज तेह्रथुम लालीगुराँस नगरपालिका स्थित आर आर गार्डेनमा पर्यटन वर्षको शुभारम्भ गरेका हुन्। कोशी प्रदेशको विकास समृद्धि र पर्यटन प्रवर्द्धनका लागि आधारशिला खडा गर्ने मुख्य उद्देश्यसहित पर्यटन वर्षको शुभारम्भ गरिएको हो। 

मूल आयोजक समितिका अध्यक्ष एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले कोशी प्रदेशको पर्यटन प्रवर्द्धन गर्ने र पर्यटनबाट नै राष्ट्रिय पुँजी विकास गरेर समृद्धि हासिल गर्न सकिने महत्वपूर्ण लक्ष्यसहित पर्यटन वर्षको शुभारम्भ गरिएको उल्लेख गरे प्रदेश सरकारले पर्यटन वर्षको अवधिमा १० लाख पर्यटन भित्र्याउने लक्ष्य राखेको छ।