सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा समितिको वार्षिक कार्य तालिकाको समीक्षा र समितिले गर्न लागेको पुरातत्त्व विभागको भ्रमणबारे छलफल भएको छ। 
बुधवार सिंहदरबारस्थित राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा समितिको वार्षिक कार्य तालिकाको समीक्षा, समितिले गर्न लागेको पुरातत्त्व विभागको भ्रमणबारे छलफल र सार्वजनिक खरिद अनुगमन कार्यालयका पदाधिकारीहरूसँग हुने छलफलको पूर्व तयारीको बारेमा छलफल भएको हो।