आज सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेको छ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ७५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिन सुनको मूल्य ४ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ७३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।  

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी ५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको छ।