झापा, मोरङ, धनकुटा र उदयपुरबाट लागूऔषध सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ।
झापाको मेचीनगर नगरपालिका–६ स्थितमा झापाको इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारत वेष्ट बङ्गाल दार्जिलिङका ४१ वर्षीय राजेन बर्मनको साथबाट १ सय ४५ ग्राम ३ सय ३० मिलिग्राम ब्राउन सुगर फेला पारी  नियन्त्रणमा लिएको हो भने झापाको प्रहरी चौकी शनिश्चरेले अर्जुनधारा–४ का २८ वर्षीय भुवन न्यौपानेलाई निजकै घरबाट ब्राउन सुगर १ ग्राम ९ सय ४० मिलिग्राम सहित पक्राउ गरेको हो। 
त्यसैगरी, मोरङको विराटनगर महानगरपालिका–१५ बाट सुनसरी धरान–८ का १९ वर्षीय समन न्यौपाने र १९ वर्षीय अभिषेक याख्खालाई १ ग्राम १५ मिलिग्राम ब्राउन सुगर सहित लागुऔषध नियन्त्रण ब्युरो विराटनगरले पक्राउ गरेको हो।
त्यस्तै उदयपुरको बेलका नगरपालिका–९ बाट को. ३९ प ५६४९ नम्बरको स्कुटर चालक बेलका–३ का २६ वर्षीय मुस्कान राई र पछाडि सवार २१ वर्षीय खम्ब बहादुर दाहाललाई ब्राउन सुगर १ ग्राम ३३८ मिलिग्राम सहित इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले नियन्त्रणमा लिएको हो। 
त्यसैगरी धनकुटाको साँगुरीगढी गाउँपालिका–६ बाट इलाका प्रहरी कार्यालय भेडेटारले सहिदभुमी गाउँपालिका–७ की ४२ वर्षीया इन्दिरा राई र ४९ बर्सिया सिता कार्कीलाई २० किलोग्राम गाँजा सहित पक्राउ गरेको छ। 
लागुऔषध सहित पक्राउ परेका उनीहरूको थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता भीम बहादुर दाहालले जानकारी गराएका छन्।