कोशी प्रदेशसहित देशभर यति बेला युरियालगायत मलको हाहाकार रहेको छ। किसानहरू मकै खेतीका साथै चैतमा रोपाईं हुने धान खेतीका लागि आवश्यक मल पाउन नसक्दा चिन्तित देखिन्छन्। मल वितरण गर्ने संस्थाले अनुदानमा दिएको मल आइ नसक्दा किसानमा चिन्तित देखिएका हुन्।
मल कहिले आउँछ त किसानमा यो प्रश्न जीवित छ। यो प्रश्नको जवाफ कोशी प्रदेश अन्तरगत उद्योग कृषि तथा सहकारी मन्त्रालयका कृषि प्रचार अधिकृत अभिमन्यु अधिकारी भन्छन्,‘भारतको कलकत्ता बन्दरगाहबाट यहाँ आउने हामीलाई साल्टट्रेनिङले जनाएको छ। यस साता मल आएपछि वैशाख पहिलो हप्तादेखि यहाँ त निर्णय गरेर मल वितरण गरिहाल्छौँ।’
उनले मलको युरियालगायत सबै मलको अभाव कोशी प्रदेशमा देखिएको पनि जनाएका छन्।