मोरङको केराबारीबाट ३ थान भरुवा बन्दुकसहित २ जना पक्राउ परेका छन्।
केराबारी गाउँपालिका-८ स्थित आमजुङ्गी सामुदायिक वन नजिकबाट उनीहरूलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४४ वर्षीय मणिराज याख्या र ३४ वर्षीय डिल्लीकुमार कार्की छन्।
उक्त स्थानमा ३ जना व्यक्तिहरूले भरुवा बन्दुक बोकी हिँडिरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुकसहित पक्राउ गरेको हो।
हाल फरार रहेका १ जनाको खोजी गर्नुका साथै थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।