आज मन्त्रिपरिषद्को बैठक बस्दै छ। प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो ३ बजेका लागि बैठक बोलाएका हुन्।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ।
आजको बैठकमा नेपाल राष्ट्र बैङ्कमा रिक्त गभर्नर नियुक्तिको विषयमा निर्णय हुन सक्ने सम्भावना रहेको छ।
महाप्रसाद अधिकारीको कार्यकाल हिजोदेखि नै सकिएको छ।