वन तथा वातावरणमन्त्री ऐन बहादुर शाहीले सरकारले आगो सुरक्षा सम्बन्धी ठोस योजना बनाएर अगाडि बढिरहेको बताएका छन्।
आइतबार काठमाडौँमा आयोजित आगो सुरक्षा र इलेक्ट्रोनिक सुरक्षा अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले अहिले धेरै ठाउँमा वन डढेलोले जैविक विविधताको नासदेखि वातावरण प्रदूषणमा पनि ठुलो भूमिका खेलेको भन्दै सरकारले यसको न्यूनीकरण र नियन्त्रणको प्रयासहरू गरिरहेको बताए।
उनले भने,‘सरकारले जति पहल प्रयास गर्दा पनि अहिले धेरै ठाउँमा वन डढेलो लागिरहेको छ। जैविक विविधताको नासदेखि दिएर वातावरण प्रदूषणमा पनि ठुलो भूमिका खेलेको छ। त्यसैले सरकारले यसलाई गम्भिरताकासाथ लिएको छ। यसको न्यूनीकरण र नियन्त्रणको प्रयासहरू भइरहेको छन्। सरकारले आगो सुरक्षा सम्बन्धी ठोस योजना बनाएर अगाडि बढिरहेको छ। आगामी दिनमा पनि थप प्रभावकारी बनाउने सरकाले तयारी गरिरहेको छ।’
त्यस्तै उनले आगलागीले देशका प्राकृतिक श्रोतहरू वनजंगलहरुको क्षति,वन्यजन्तुको नास ,व्यक्तिगत, सार्वजनिक र सरकारी सम्पूर्ण संरचनाहरूमा ठुलो असर र प्रभाव पारिरहेको बताए। समय क्रम अनुसार आधुनिक उपकरणहरू र प्रविधिको माध्यमबाट यो समस्याको न्यूनीकरण गर्नको लागि अझै प्रयास गर्नुपर्ने देखिएको उनको भनाई छ।
उनले भने,‘आगलागीले देशका प्राकृतिक श्रोतहरू वनजंगलहरुको क्षति,वन्यजन्तुको नास र यसले व्यक्तिगत सार्वजनिक र सरकारी सम्पूर्ण संरचनाहरूमा ठुलो असर र प्रभाव पारिरहेको छ। यसलाई समय क्रम अनुसार हामी अहिले बद्लिँदो परिवेशमा छौँ। त्यसले गर्दा आधुनिक उपकरणहरू र प्रविधिको माध्यमबाट यो समस्याको न्यूनीकरण गर्नको लागि धेरै प्रयासहरू भएका छन्। नेपालको सन्दर्भमा अझै हामी लाग्नु पर्ने देखिन्छ।’