प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को आह्वानमा आज मन्त्रिपरिषद् बैठक बस्दै छ। दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्ने सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको सचिवालयले जनाएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्नेछ। मन्त्रिपरिषद् बैठकबाट विभिन्न निर्णय गरिनेछ।