विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति तय गर्न नेकपा एमालेको सचिवालय बैठक शुरू भएको छ।

यो एमालेको ११ औं महाधिवेशनबाट निर्वाचित सचिवालयको पहिलो बैठक हो।

पार्टी कार्यालय च्यासलमा आइतबार दिउँसो शुरू बैठकमा फागुन २१ का लागि तोकिएको निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची पेश गर्ने लगायत एजेन्डा रहेको एक नेताले जानकारी दिए।

सुशीला कार्की नेतृत्वको सरकारलाई अवैधानिक र प्रतिनिधिसभा विघटन गैरसंवैधानिक भन्दै एमाले पुनःस्थापनाको माग गर्दै सर्वोच्च पुगेको छ।

सरकारको विरोध गरे पनि समानुपातिकको बन्दसूची पेश गर्ने तयारी भइरहेको एमाले स्रोतले बतायो। बन्दसूची पेश गर्ने समय आइतबार र सोमबारका लागि तोकिएको छ।

फागुन २१ को निर्वाचनप्रतिको आन्योलता भने कायमै छ।