नेपालका लागि अस्ट्रेलियाली राजदूत लियान जोन्स्टनले बुधवार गृहमन्त्री ओमप्रकाश अर्यालसँग बिदाइ भेट गरेकी छन्।
राजदूत जोन्स्टनले गृह मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच मन्त्री अर्यालसँग शिष्टाचार बिदाइ भेट गरेकी हुन्।
भेटका क्रममा मन्त्री अर्याल र राजदूत जोन्स्टनबीच नेपाल र अस्ट्रेलिया रही आएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको गृह मन्त्रालयले जनाएको छ।
मन्त्री अर्यालले राजदूत जोन्स्टनलाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा धन्यवाद दिएका थिए। राजदूत जोन्स्टन सेप्टेम्बर १२, २०२४ मा नेपालका लागि राजदूत भएर आएकी थिइन्।