सुप्रिम सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणमा हाल ललितपुको नख्खु जेलमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेको मुद्दामा पेशी तोकिएको छ।
उनीसँगै तत्कालीन गोर्खा मिडियाका सञ्चालक एवम् पूर्वडीआईजी छविलाल जोशीको मुद्दामा पनि उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा न्यायाधीशद्वय ओमप्रकाश अर्याल र वासुदेव आचार्यको संयुक्त इजलासमा पेशी तोकिएको हो।
बुटवलस्थित सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका लामिछानेले बिगोबमोजिमको रकम बुझाएर थुनाबाहिरै बसेर मुद्दा लड्न माग गरेका थिए। उनलाई यसअघि जिल्ला अदालत रुपन्देही, उच्च अदालत बुटवल र सर्वोच्च अदालतलेसमेत थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएका थिए।
यो मुद्दामा यसअघि कात्तिक २० गते सुनुवाइ भएको थियो। त्यसबबेला उच्च अदालतले सुरू अर्थात् जिल्ला अदालत रुपन्देहीको मिसिल झिकाउन आदेश गरेको थियो।




















