अस्ट्रेलियाको भिक्टोरिया राज्यस्थित ग्रामीण क्षेत्र स्टोनलीमा भएको सवारी दुर्घटनामा एकै परिवारका ३ जना नेपालीको मृत्यु छ।
कारलाई मालवाहक ट्रकले ठक्कर दिँदा घटनास्थलमै तिनै जनाले मृत्यु भएको हो। मृत्यु हुनेमा चितवन घर भएका ४१ वर्षीय कृष्ण हरि भन्डारी, ३१ वर्षीया श्रीमती सपना न्यौपाने र ३ वर्षीय छोरा रुबेन न्यौपाने रहेका छन्।
दुर्घटनामा दम्पतीकी आमा गम्भीर घाइते भएकी छन् र उनलाई अस्पताल पुर्याइएको छ। चिकित्सकका अनुसार उनको अवस्थास्थिर रहेको छ।




















