धनकुटा र भोजपुर जिल्लाका विभिन्न स्थानहरूमा अवैधरुपमा लगाएको र प्राकृतिक रूपमा आफै उम्रिएका गाँजाको बोटहरू प्रहरीले फडानी गरी नष्ट गर्दै आइरहेको छ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सुनिश्चितता अभियान अन्तर्गत अवैध रूपमा लगाएका गाँजाका बोटहरू नष्ट गर्ने अभियान अनुसार कार्तिक १८ गते धनकुटाको इलाका प्रहरी कार्यालय छिन्ताङबाट परिचालन भएको प्रहरी टोलीले शहिदभुमी गाउँपालिका-२ स्थित विभिन्न एरिया इलाकाहरूको ५ रोपनी क्षेत्रफलमा प्राकृतिक रूपमा हुर्केका ९ हजार ५ सय गाँजाकाबोटहरु फडानी गरी जलाई नष्ट गरेको छ।
WhatsApp Image 2025-11-05 at 13.31.13यसैगरी, भोजपुरको इलाका प्रहरी कार्यालय घोडेटार र मातहत प्रहरी कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले हतुवागढी गाउँपालिकाको विभिन्न एरिया इलाकाहरूको करिब ९ रोपनी पाखा बारीमा लगाएको तथा आफैँ उम्रिएको १ हजार १ सय भन्दा बढी गाँजाको बोट फडानी गरी जलाई नष्ट गरेको छ।