मोरङको उर्लाबारी नगरपालिका–४ थापाडाँगीस्थित होटल सिमसारको कोठा नम्बर २०६ मा अचेत अवस्थामा फेला परेकी युवतीको उपचारको क्रममा मृत्यु भएको छ। 

कात्तिक १८ गते साँझ करिब ८ः४० बजे कोठामा बसेकी अन्दाजी २०/२२ बर्षिया युवतीलाई उनका साथीहरूले अचेत अवस्थामा देखेपछि घटनाबारे इलाका प्रहरी कार्यालय उर्लाबारीमा जानकारी गराइएको थियो।

सूचना पाए लगत्तै प्रहरी नायब निरीक्षक चूडामणि पौडेलको टोली घटनास्थलमा पुगी स्थानीय जनप्रतिनिधिको रोहवरमा महिलालाई उपचारका लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मङ्गलवारे पठाइएको थियो।

उपचारको क्रममा राति करिब १०ः३० बजे उनको मृत्यु भएको हो। हाल शव सोही अस्पतालको शव गृहमा राखिएको छ। 

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।