नेपाली कांग्रेस महासमिति सदस्य एवम् बाग्मती प्रदेशसभाकी प्रदेशकी पूर्व राज्यमन्त्री रजनी जोन्छेँको ७७ वर्षको उमेरमा निधन भएको छ।
सहिद राधेश्याम जोन्छेँकी पत्नी रजनीको उपचारका क्रममा मध्यपुर अस्पतालमा मंगलबार बिहान निधन भएको हो। उनी क्यान्सरपीडित थिइन्।
नेत्री जोन्छेँको पार्थिव शरीरमा कांग्रेसका केन्द्रीय नेताहरू विमलेन्द्र निधि, प्रकाशशरण महत, भक्तपुरका अध्यक्ष दुर्लभ थापालगायतले पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन्।
आजै भक्तपुरको हनुमानघाटमा उनको अन्त्येष्टि गरिनेछ।




















