मोरङको विराटनगरबाट श्रोत नखुलेको नगदसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा विराटनगर–१८ बस्ने ४१ वर्षीय वीरेन्द्र साह छन्।

आज दिउँसो विराटनगर महानगरपालिका–१७ स्थित मटेरुवा नजिक प्रहरी सहायक निरीक्षक जागेन्द्र फुयाल र प्रहरी हवल्दार ताज्मुदिन मंसुरीको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको को ३८ प ५८५१ नम्बरको मोटरसाइकलमा सवार साहलाई शंका लागी चेकजाँच गर्दा १४ लाख ५० हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ। बरामद रकममध्ये १००० का २ सय ८४ थान र ५०० का २ हजार ३ सय ३२ थान नोट रहेको छ।

प्रहरीले मोटरसाइकल र साहलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीमा बुझाएको जनाएको छ।