विराटनगर महानगरपालिका–९ मा भाउजुमाथि देवरले तेजाब प्रहार गरेका छन्।

सोमबार सामान्य विवाद हुँदा २२ वर्षीय छोटु भनिने श्रवन साहले अनुहारमा तेजाब प्रहार गरेर फरार भएका हुन्।

घाईतेका श्रीमान सन्तोष साहले न्यूरो अस्पतालमा भर्ना गरेर उपचार गराई रहेको प्रहरीले जानकारी दिएका छन्। घाईतेको अवस्था सामान्य रहेको अस्पताल स्रोतले प्रहरीलाई बताएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङ प्रवक्ता कोपिला चुँडालले घटनापछि संलग्न खोजतलासका लागि प्रहरी परिचालन गरिएको जानकारी दिएकी छिन्। घटना घरायसी सामान्य भनाभनका कारण सिर्जना भएपनि तेजाब आक्रमण जस्तो अपराधको कार्यसम्म भएका कारण प्रहरीले गम्भीर रुपमा लिएको उनले जानकारी दिइन्।