रौतहट प्रहरीले पक्राउ गरेका लक्ष्मण पासवानले रुबि साहको हत्या गरेको स्वीकार गरेका छन्। 
माधव नारायण नगरपालिका–६ स्थित नहर अगाडि आज बिहान आत्मदाह गर्नु अघि बनाइएको भिडियोमा स्वीकार गरेको पाइएको हो। उनले करिब ९ मिनेटको भिडियोमा रुबिसँगको प्रेम सम्बन्धबारेमा धेरै कुराहरू खुलाएका छन्। विद्यालय समयकालदेखि नै हामी बीच सम्बन्ध थियो उनले भने,‘अदालतमा गएर विवाह पनि गरेका हौँ। आफू गरिब भएकाले पारिवारिक तनावका कारण रुबिको हत्या गरेको उनले बनाइएको भिडियोमा स्वीकार गरेको पाइन्छ। रुबिलाई हत्या गरेदेखि आफ्नो हात काँपिरहेको बताएका उनले रुबि मरिसकेपछि आफू बाँचेर के गर्नु भन्ने लागेको बताएका छन्।
उनले भिडियोमा भनेका छन्,‘मेरो जान मरिसकेकी छ ,“म बाँचेर के गर्नु। माधव नारायण नगरपालिका–६ स्थित नहर अगाडि बिहान करिब ८ बजे पासवानले आफ्नै शरीरमा पेट्रोल हालेर आगो लगाएको अवस्थामा प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका पासवानलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ।
यस विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।